संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
कञ्चनपुर जिल्लाको पूर्वी स्थानमा अति पिछडिएको दुर्गम स्थानमा पुनर्वास नगरपालिका को दक्षिण स्थान र भारत को सिमाना पर्ने प्याराताल नजिक रहेको मोतियाफाटा गाँउमा२०६३ सालमा यो विधालय को स्थापना भएको थियो । यस मोतियाफाटा गाँउ प्रजातन्त्र प्राप्तिपछि वि.स २०५३ सालमा त्याहा भएको खाली ठाउमा सुकुम्बासी हरुको बसोबास रहेको पाइन्छ ।यस वस्तीमा दलित जाति हरु अत्याधिक र अन्य जातजातिका मानिसहरु कम मात्रा मा रहेको पाइन्छ । यस मोतियाफाटा गाँउ बाट याहा का बालबालिका हरुले अन्य विधालयमा गएर शिक्षा हासिल गर्न ज्यादै कठिनाइ पर्ने हुदा यस गाँउका समाजसेवी र गाँउवासिन्दाको सहयोग मा प्राथमिक विधालय को आवश्यकता महसुस गरी वि.स २०६३ सालमा त्यहि गाँउको पिपलको बोट मुनीबाट विधालय स्थापना गरिएको थियो । यो विधालय सुरुमा सञ्चालन गर्न यस गाँउका बासिन्दाहरुले आफै सुकुम्बासी भएर पनी आफुले सक्दो चन्दा र ुसृश्रमदान गरी गाउको ठिक पूर्वपट्टी खाली ठाउमा खरको सानो झुपडी बनाई अध्यापन संचालन गरिएको थियो । यस विधालय संचालन हुदा संस्थापक प्र.अ श्री सुरेश नेपाली र संस्थापक अध्यक्ष श्री मन्विर सुनार हुनुहुन्छ । र त्यस पछि विधालय संचालन गर्न साविक परासन गा.वि.स बाट ठुलो सहयोग प्राप्त भएको थियो । यस विधालय लाई जि.शि कार्यलय कञ्चनपुर बाट वि.स २०६५साल बैशाख २९ गते कक्षा संचालन गर्ने अनुमति प्राप्त भयो र क्रमशः२०६६ मा कक्षा २, २०६७ मा कक्षा ३ ,२०७१ मा कक्षा ४ र २०७२ मा कक्षा ५ सम्म गर्ने अनुमति प्राप्त गरी हाल बालबिकास गरी कक्षा ५ सम्म संचालन भइरहेको छ ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।