
हरेक शैक्षिक सत्रको सुरुवातमा वार्षिक कार्यतालिका निर्माण गरी विद्यालय व्यवस्थापन समितिको बैठकबाट स्वीकृत गराई कार्यान्वयन गरिन्छ। नगरपालिकाको वार्षिक क्यालेन्डरअनुसार विद्यालयका गतिविधिहरू सञ्चालन हुन्छन् भने विद्यार्थीको शैक्षिक प्रगतिबारे अभिभावक भेला गराएर जानकारी गराइन्छ र शिक्षकहरूबीच पनि सिकाइलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल हुन्छ। विद्यालयमा नेपाल सरकारको पाठ्यक्रम र पुनर्वास नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम मात्र लागू गरिएको छ। यस विद्यालयले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस साधारण कार्यक्रमको रूपमा मनाउने गरेको छ।
An annual calendar is prepared at the beginning of each academic session, approved by the School Management Committee meeting, and implemented accordingly. School activities are conducted based on the annual calendar provided by the municipality, and parents are informed about their children's academic progress through parent meetings. Discussions are also held among teachers on how to make the learning outcomes more effective. The school implements only the curriculum prescribed by the Government of Nepal and the local curriculum developed by Punarbas Municipality. The school celebrates its anniversary and parents' day through simple programs.
