लक्ष्मी ढुंगाना - प्रधानाध्यपकLaxmi Dhungana - Principal
पदRoleप्रधानाध्यपकPrincipal
फोनPhone9869563662
प्रधानाध्यपकको सन्देशMessage from the Principal
लक्ष्मी ढुंगानाLaxmi Dhungana
”
यस पुनर्वास नगरपालिकाको दुर्गम बस्तीमा रहेको आधारभूत विद्यालय, जहाँ मुख्यतया सुकुम्बासी परिवारका बालबालिकाहरू अध्ययन गर्न आउँछन्, हाम्रै विद्यालयका लागि पुनर्वास नगरपालिकाको कार्यालयमार्फत वेबसाइट (Website) निर्माण हुन लागेकोमा हामी अत्यन्तै हर्षित छौँ।
यस बन्न लागेको वेबसाइटले हाम्रा विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई एकआपसमा नजिक ल्याई हातेमालो गर्न सहज बनाउनेछ भने विद्यालयलाई संसारभर चिनाउनसमेत मद्दत पुर्याउनेछ। यस वेबसाइटले विद्यालयको वर्तमान अवस्थाका साथै यस क्षेत्रको समग्र पहिचान गराउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
हाम्रो जस्तो विद्यालय आर्थिक तथा प्राविधिक कठिनाइहरूबाट गुज्रिरहेको समयमा पुनर्वास नगरपालिकाको कार्यालयले आफ्नै लगानीमा वेबसाइट निर्माण गरिदिन लागेकोमा आदरणीय नगर प्रमुखज्यू, उप-प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, शिक्षा शाखा प्रमुखज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी मित्रहरूमा म र मेरो विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस कार्यले हाम्रो क्षेत्रको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन र सुधार ल्याउनेछ भन्ने पूर्ण विश्वास लिएको छु। अन्तमा, यो वेबसाइटको निर्माणले सम्पूर्ण शिक्षाप्रेमी तथा सरोकारवालाहरूलाई लाभ पुर्याउनेछ भन्दै यो दायित्व र जिम्मेवारी वहन गर्नुहुने सम्पूर्णमा पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
We are extremely delighted that a website is being constructed for our basic school through the office of Punarbas Municipality. Located in a remote settlement of Punarbas Municipality, our school primarily serves children from landless (Sukumbasi) families.
This upcoming website will bridge the gap between our students, teachers, and parents, facilitating better collaboration while helping showcase our school to the world. It will serve as an identity for both the school’s current condition and the surrounding region.
At a time when a school like ours is navigating severe financial and technical challenges, the office of Punarbas Municipality has stepped forward to invest in building this website. On behalf of myself and the entire school family, I would like to extend our heartfelt gratitude to the respected Mayor, Deputy Mayor, Chief Administrative Officer, Head of the Education Department, and all dedicated officials involved.
I am confident that this initiative will bring meaningful improvements to our local education sector. In closing, believing that this website will benefit everyone involved in education, I once again express my sincere thanks to all those bearing the responsibility of completing this project.