यस पुनर्वास न.पा.को दुर्गम वस्ती मा रहेको आद्यारभूत विद्यालय जुन सुकूम्बासी हरुका बालबालिका पढन आउछन यस्तो हाम्रो विद्यालय को लागी पुनर्वास न.पा को कार्यलय मार्फत Website निर्माण हुन लागेको हुदा हामी हरु लाई सारै खुसी लागेको छ । यस वन्न लागेको Website मार्फत हाम्रा विद्यार्थी शिक्षक र अभिभावक समेतमा लाई नजिक ल्याई हातेमालो गर्न सहज बनाउने छ भने संसारलाई चिनाउन समेत मदत पुग्ने छ । यस Website ले विद्यालयको वर्तमान अवस्थाको चिनारी गरादै यस क्षेत्र को समेत पहिचान गराउन मदत गर्दछ । हाम्रो जस्तो विद्यालय ले आर्थिक र प्रविधिक कठीनाई हरु बाट गुज्रिएको समय मा पुनर्वास न.पा.को कार्यलय ले आफ्नो लगानी मा Website बनाउन लागेको हुदा अदरणिए नगर प्रमुख ज्यु र उप प्रमुख ज्यु प्रसासकीय प्रमुख ज्यु र शिक्षाशाखा प्रमुख ज्यु लगायत सेवामा म र मेरो विद्यालय को तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छु । यस कार्य ले शिक्षा क्षेत्र मा पक्कै सुधार ल्याउने विश्वास लिएको छु ।
अन्त्यमा यो Website शिक्षा क्षेत्रमा निर्माण हुन सक्यो भने पक्कै सबैलाई फाईदा पुग्ने छ भन्दै यो कार्य सम्पन्न गर्न जिम्मेवार बहन गर्न सम्पुर्ण मा पून हार्दिक धन्यवाद टक््रयाउदछु ।