शैक्षिक कार्यक्रम –हरेक शैक्षिक सत्रको शुरुमानै वार्षिक कार्यतालिका निर्माण गरी वि.व्य. स वैठक बाट पास गराई कार्यन्वयन गरीन्छ । नगरपालिका बाट निर्माण गरिने वार्षिक क्यलेण्डर अनुसार विद्यालय का गतिविधि हरु निर्माण हुने गर्दछ । विद्यार्थी हरुको शैक्षिक स्थितिका वारेमा अभिभावक भेला गराई अवगत गराइन्छ । शिक्षक हरु बिच पनि क्षैशिक स्थितिलाई कसरी उपलब्धिमुलक बनाउन सकिन्छ भनी छलफल गरिन्छ ।
पाठ्यक्रम –नेपाल सरकार ले लागु गरेको र पुनर्वास नगरपालिका बाट निर्माण गरिएको स्थानिय पाठ्यक्रम मात्रै लागु गरिएको छ र विद्यालयको आफ्नै छुट्टै पाठ्यक्रम भने छैन
विशेष गतिविधि हरु ः यस विद्यालयले विद्यालयको वार्षिकउत्सव तथा अभिभावक दिवस सामान्य तरीकाले कार्यक्रम गरेर गर्ने गरेका छौ ।