यस सुकुम्बासी बस्तीमा हामी अभिभावकहरुको पहल मा नै शिक्षा जस्तो नैसगिक अद्यिकार बाट बन्चित बालबालिका हरु लाई आफ्नै गाउमा पढने अवसर प्रदान गर्न पाएको मा सर्वप्रथम त याहा का अभिभावक हरु लाई धन्यवाद ज्ञापन गर्न चाहान्छु । एउटा सानो खर को झुपडी बाट सुरु भएको यो विद्यालय आज १ देखि ५ कक्षा सम्म आफ्नै भवन मा संचालन भईरहेको छ । याहाका शिक्षक हरु को मेहनत र लगनशिलता ले याहा का बालबालिका ले गणस्तर शिक्षा प्राप्त गर्ने अवसर पाएका छन । हामि समिति का पदाधिकारी बाट बेला बेला मा विद्यालय निरीक्षण र अनुगमन गर्ने गर्दछौ । यस विद्यालय मा कच्ची घेरबार भएको कारण ले यहा को भौतिक संरचना टुटफुट हुने भएकाले सम्बन्धित निकाय हरु संग हामिले पर्खाल निर्माण को लागि माग गरिएको छ । पुनर्वास न.पा बाट बिभिन्न शीर्षक मा आउने अनुदान रकम बाहेक यस विद्यालयको अन्य आयश्रोत छैन । प्रत्येक वर्ष को आय व्यय को लेखा परीषण तोकीएकै समय मा हुने गरीएको छ । यस वेवसाट निर्माण बाट विद्यालय लाई सुचना प्रविधि माध्यम बाटा फाइदा पुग्ने छ साथै याहा का अभिभवक हरु मा पनी सुचनाको पहुच पुग्ने आस का साथ विस्वास लिएको छु । धन्यवाद